बलिउड चर्चित निर्देशक अनुराग कश्यपले मुम्बई छाड्ने निर्णय लिएका छन्।
उनले एक अन्तर्वार्तामा उक्त कुरा खुलासा गरेका हुन्। उनले आफूभित्र फिल्म बनाउने उत्साह सकिएको बताएका छन्।
'अहिलेको समयमा बाहिर गएर कोही अलग तरिका फिल्म बनाउन सक्दैनन्। किनकी सबै पैसाको पछाडि दौडिरहेका छन्। फिल्म बन्नुभन्दा अगाडि नै नाफामा कसरी जाने भनेर सोच्छन्। त्यसैले अर्का वर्ष मुम्बई छाडेर साउथमा जान्छु। म त्यहाँ जान चाहन्छु जहाँ काम गर्न सबै उत्सुक हुन्। नत्र म एक बुढो मान्छेको जसरी मर्छु। म आफ्नै इन्डस्ट्रीबाट निराश र हैरान भएँ,' उनले भने।
उनले बलिउडमा राम्रो कलाकारभन्दा पनि स्टार बनाउन बढी ध्यान दिएको बताएका छन्।
'अहिले बलिउडमा सिक्वेल मात्रै बनिरहेको छ। फिल्ममेकर्स केही नयाँ गरिरहेका छैनन्। अभिनेतालाई लोभ देखाएर स्टार बनाइरहेका छन्। जसबाट उनीहरू पैसा कमाउन सकूनँ। कलाकारलाई वर्कशप पठाउनुको सट्टा जिम पठाइरहेका छन्,' उनले भने।