बलिउडका चर्चित गायक सोनु निगमले यो साता काठमाडौंमा कन्सर्ट गर्दैछन्।
क्रिसमस डेको अवसरमा पुस १० गते बुधबार हायात रिजेन्सी होटलको मैदानमा 'सोनु निगम लाइभ इन नेपाल' हुन लागेको छ।
नेपाली–टच नेपालले गर्न लागेको कन्सर्टका लागि टिकट बिक्री भइरहेको छ।
कन्सर्टमा सोनुले भारतीयसहित उनले स्वर दिएका 'उकाली ओराली गर्दै', 'फूलको डाली–डालीमा' जस्ता नेपाली गीत पनि गाउने तयारी छ।
कन्सर्टमा १० हजार दर्शकको उपस्थिति हुने आयोजकको अपेक्षा छ।
सोनु निगम कन्सर्टकै दिन काठमाडौं आउने तयारी छ। उनको बसाइँ कति दिनको हुने आयोजकले खुलाएको छैन।
अहिले कन्सर्टका लागि स्टेज निर्माणको काम धमाधम चलिरहेको छ।


