निर्माण सामग्री उत्पादन गर्ने नेपालको अग्रणी व्यावसायिक समूह पञ्चकन्या ग्रुपले आफ्नो स्थापनाको ५२ वर्षपछि पहिलोपटक बाथवेयरका सामान बजारमा ल्याएको छ।
ग्राहकलाई गुणस्तरीय सामान दिने उद्देश्यले करिब १३ महिना अध्ययन गरेर बाथवेयरका सामान ल्याएको कम्पनीका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार यहाँ मूल्यका हिसाबमा सस्तो र महँगो गरी दुई प्रकारका धारा बिक्री भइरहेको थियो। बजारमा सरल मूल्यमा गुणस्तरीय र टिकाउ धाराको अभाव देखिएपछि कम्पनीले यो क्षेत्रमा हात हालेको हो।
कम्पनीले बजारमा धारा, सावर र अन्य बाथवेयर सामग्रीहरू ल्याएको एक महिना भयो। यहाँ धारा बनाउने दक्ष जनशक्ति नभएकाले हाल कम्पनीले भारतीय कम्पनीलाई बनाउन दिएको उनले जानकारी दिए।
'हाम्रो डिजाइन र मापदण्डअनुसार उनीहरूले सामान बनाइदिन्छन्,' उनले भने, 'आगामी दुई वर्षभित्र यहीँ उद्योग खोल्ने योजना छ।'
ग्राहकले पञ्चकन्या धारा १८ वटा मोडलमा पाउँछन्, जसलाई नेपालका खोलानालाको नामबाट नामाकरण गरिएको छ। उनी भन्छन्, 'हामीले सातै प्रदेशमा छरिएर रहेका खोलाको नामबाट धाराको नामाकरण गरेका छौं।'
धाराको मूल्य उपयोगिता र आकारका आधारमा फरक हुनेछ। मूल्य सरल र गुणस्तरीय भएकाले यसमा सबैको पहुँच हुने उनले विश्वास व्यक्त गरे।
उनका अनुसार धारामा प्रयोग हुने सामान जर्मनीबाट ल्याइएले टिकाउ हुनेछ।
कम्पनीले सामान बिग्रियो भने ग्राहकलाई १० वर्षको रिप्लेसमेन्ट सुविधा दिएको छ। त्यसका लागि बिल पेस गर्न पर्दैन। ह्वाटस एप वा भाइबरमा फोटो पठाइदिए कम्पनी आफैले आएर बनाइदिने कम्पनीका निर्देशक आशिक श्रेष्ठले बताए।
'हामी हाम्रो उत्पादनमा विश्वस्त छौं। गुणस्तरीय र टिकाउ भएकाले नै १० वर्षसम्म रिप्लेसमेन्ट सुविधा दिएका हौं,' उनले भने।
ग्राहकलाई थप सहजीकरण गर्न प्रत्यक डिपोहरूमा एक जना प्राविधिकको व्यवस्था गरिएको उनले जानकारी दिए।
हाल कम्पनीले देशभर १० जना वितरक नियुक्त गरिसकेको छ। आगामी दिनमा २० जना वितरक थप गर्ने कम्पनीको योजना छ। त्यस्तै, देशभर ३० वटा आउटलेट छन् भने आगामी सय दिनमा सयवटा आउटलेट पुर्याउने योजना छ।
भिडिओ र तस्बिरहरू: नवीनबाबु गुरूङ/सेतोपाटी
-1738841654.jpg)
-1738841654.jpg)
-1738841655.jpg)
-1738841655.jpg)
-1738841655.jpg)
-1738841655.jpg)
-1738841656.jpg)
-1738841656.jpg)
-1738841656.jpg)
-1738841657.jpg)
-1738841658.jpg)