रणवाङको फाँट । म्याग्दीको मङ्गला गाउँपालिका-२ स्थित रणवाङको फाँट। बेनी–दरबाङ सडक खण्डसँगै जोडिएको यो फाँट 'अर्गानिक' खेतीका लागि प्रसिद्ध छ। तस्बिर: ध्रुवसागर शर्मा/रासस
शेरीगाउँ । मौसम खुलेपछि देखिएको रूकुम पश्चिमको मुसिकोट नगरपालिका-५ शेरीगाउँ आसपासको दृश्य। तस्बिर: बलबहादुर ओली (बलेन्द्र)/रासस
रोपाइँ । मोरङको बेलबारी-६ स्थित खेतमा धान रोप्दै धिमाल समुदायका महिलाहरू। तस्बिर: विवेक मिश्र/रासस
इन्द्रेणी । दाङको घोराही उपमहानगरपालिका-१४ स्थित लोहासुरबाट सोमबार बिहान देखिएको इन्द्रेणी र बोटबिरूवाको हरियाली। तस्बिर : कुलदीप न्यौपाने /रासस
चैनपुरे करूवा । सङ्खुवासभाको चैनपुर नगरपालिकाको केन्द्र चैनपुर जिरो पोइन्टमा राखिएको चैनपुरे करूवाको प्रतिमा। तस्बिरः सुजन बज्राचार्य/रासस