काठमाडौंमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले प्रदर्शन गर्ने २८ जनालाई नियन्त्रणमा लिएको छ।
शुक्रबार माइतीघर मण्डलमा निषेधित क्षेत्र तोकेको भन्दै नागरिक अगुवाहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले प्रदर्शन गर्नेहरूलाई नियन्त्रणमा लिएको छ।
१४ जना महिला र १४ जना पुरूष गरी २८ जना नियन्त्रणमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।
बृहत् नागरिक आन्दोलन, शान्ति बाटिकामा प्रदर्शनरत मिटरब्याजी पीडितहरू, मृतक आरती साहका पक्षधरहरूले आन्दोलन गरेका हुन्। उनीहरूले रत्नपार्कबाट र्याली निकालेर भद्रकाली पुगेका थिए। त्यहाँबाट माइतीघरतर्फ आउन खोजेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंसिर ६ गते दुर्गा प्रसाईंको प्रदर्शनलाई लक्षित गरी एक महिनाका लागि माइतीघरमा निषेधित क्षेत्र तोकेको थियो। त्यसयता शान्तिबाटिकामा प्रदर्शन हुँदै आएको छ। तर यसरी प्रदर्शन गर्ने ठाउँहरूमा निषेधित तोकेर वाक स्वतन्त्रता हनन भएको भन्दै नागरिक अगुवाहरूले प्रदर्शन गरेका हुन्।
तस्बिरहरू:
-1702636675.jpg?timestamp=1702636698649)
-1702636675.jpg?timestamp=1702636698649)
-1702636674.jpg?timestamp=1702636698649)
-1702636674.jpg?timestamp=1702636698649)
-1702636673.jpg?timestamp=1702636698649)
-1702636673.jpg?timestamp=1702636698649)
-1702636672.jpg?timestamp=1702636698649)
-1702636672.jpg?timestamp=1702636698649)
-1702636671.jpg?timestamp=1702636698649)
-1702636671.jpg?timestamp=1702636698649)
-1702636670.jpg?timestamp=1702636698649)
-1702636670.jpg?timestamp=1702636698649)
-1702636670.jpg?timestamp=1702636698649)
-1702636670.jpg?timestamp=1702636698649)
-1702636669.jpg?timestamp=1702636698649)
-1702636669.jpg?timestamp=1702636698649)
-1702636668.jpg?timestamp=1702636715716)
-1702636668.jpg?timestamp=1702636715716)

सबै तस्बिर: निशा भण्डारी/सेतोपाटी