खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी-बोकाको बिक्री वितरण सुरू गरेको छ।
कम्पनीले शनिबारसम्म देशका विभिन्न जिल्लाहरूमा रहेको शाखा कार्यालयमार्फत खसी संकलन गरेर काठमाडौं ल्याएको थियो।
काठमाडौंको थापाथलीस्थित कम्पनी परिसरमा आइतबार बिहानदेखि खसी बोकाको विक्री वितरण सुरू भएको छ।
खाद्यले सहुलियतमा बिक्री वितरण गर्ने भएकाले बिहानैदेखि ग्राहकको चहलपहल पनि बढेको छ।
खाद्यले विभिन्न जिल्लाका किसानहरूसँग खसीबोका किनेर काठमाडौंमा बजारमूल्य भन्दा केही सहुलियत गरेर उपभोक्ताहरूलाई बिक्री वितरण गर्छ।
उपभोक्ताले खसीबोका प्रतिकिलो ६८० र च्यांग्रा १२ सय ६० रूपैयाँ प्रतिकिलोमा पाउनेछन्।
मुस्ताङ च्याङ्ग्रा प्रतिकेजी मूल्य १२२० रूपैयाँ तोकिएको छ। खाद्यले च्याङ्ग्रामा १० रूपैयाँ घटाएर विक्री गर्ने जनाएको छ।
दसैं तिहार लक्षित खसीबोका खरिदका लागि खाद्यले ४ करोड रूपैयाँ बजेट छुट्याएको थियो।
तस्बिरहरूः
-ink-1728190006.jpeg)
-ink-1728190006.jpeg)
-ink-1728190006.jpeg)
-ink-1728190006.jpeg)
-ink-1728190005.jpeg)
-ink-1728190005.jpeg)
-ink-1728190005.jpeg)
-ink-1728190005.jpeg)
-ink-1728190004.jpeg)
-ink-1728190004.jpeg)
-ink-1728190004.jpeg)
-ink-1728190004.jpeg)
-ink-1728190003.jpeg)
-ink-1728190003.jpeg)
-ink-1728190003.jpeg)
-ink-1728190003.jpeg)
-ink-1728190002.jpeg)
-ink-1728190002.jpeg)
-ink-1728190002.jpeg)
-ink-1728190002.jpeg)
-ink-1728190001.jpeg)
-ink-1728190001.jpeg)
-ink-1728190001.jpeg)
-ink-1728190001.jpeg)
-ink-1728190000.jpeg)
-ink-1728190000.jpeg)