नेपाली सेनाले राष्ट्रसंघ दिवस २०२४ मनाएको छ।
बिहीबार काठमाडौंस्थित जंगी अड्डामा विशेष समारोह गरी राष्ट्रसंघ दिवस मनाएको हो। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा विभिन्न देशमा शान्ति मिसनको सहभागिता देखिने मार्च पास गरिएको थियो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तर्फबाट अहिले ६ हजार १४१ जना शान्ति मिसनमा खटिएका छन्। नेपाली सेनाको मात्रै ५ हजार ९१८ जना, सशस्त्र प्रहरी बलका १९५ जना र नेपाल प्रहरीका २८ जना शान्ति सेनामा खटिएका छन्।
लेबनन, सिरिया, कंगो, इराक, यमन, दक्षिण सुडान लगायत ११ वटा मिसनमा नेपाली शान्ति सैनिकहरू खटिएका छन्।
कार्यक्रममा नेपाली सेनाले सांस्कृतिक पहिचान झल्किने कार्यक्रम र तेक्वान्डोको पनि प्रदर्शन गरिएको थियो।
नेपाल शान्ति सेनामा सबैभन्दा धेरै खटिनेमध्ये पर्ने सेनाले जनाएको छ। नेपाली सेनाले सन् १९५८ देखि शान्ति सैनिक खटाउँदै आएको छ। सेनाका अनुसार अहिलेस ४१ राष्ट्रका ५२ मिसनमा एक लाख ७१ हजार भन्दा बढी शान्ति सैनिक खटिइसकेका छन्।
तस्बिरहरू:
-1729747774.jpeg)
-1729747775.jpeg)
-1729747775.jpeg)
-1729747774.jpeg)
-1729747774.jpeg)
-1729747774.jpeg)
-1729747773.jpeg)
-1729747770.jpeg)
-1729747770.jpeg)
-1729747771.jpeg)
-1729747771.jpeg)
-1729747769.jpeg)
-1729747768.jpeg)
-1729747768.jpeg)
-1729747767.jpeg)
-1729747767.jpeg)
-1729747765.jpeg)
-1729747765.jpeg)
-1729747764.jpeg)
-1729747765.jpeg)
-1729747763.jpeg)
-1729747763.jpeg)
-1729747763.jpeg)
-1729747763.jpeg)
-1729747762.jpeg)
-1729747762.jpeg)
-1729747761.jpeg)
-1729747761.jpeg)
-1729747760.jpeg)
-1729747760.jpeg)
-1729747759.jpeg)
-1729747758.jpeg)
-1729747758.jpeg)
-1729747758.jpeg)
-1729747759.jpeg)
-1729747758.jpeg)