ऐतिहासिक तथा धार्मिक स्थल श्रीनाथ मण्डलीमा न्वाघीमेला भएको छ।
हरेक मंसिर महिनाको पहिलो साता न्वाघीको अवसरमा यहाँ मेला लाग्छ।
यो धार्मिक स्थल यस क्षेत्रकै महत्वपूर्ण शक्तिपीठको रूपमा परिचित छ।
न्वाघीको अवसरमा यस वरपर रहेका विभिन्न गाउँठाउँबाट मानिसहरूले आ-आफ्नो भाकल अनुसार फूलको डोली चढाउने तथा वली चढाउने परम्परा रहेको छ।
गुरूङ समुदायको बाहुल्य रहेको सिरानचोक गाउँपालिकामा अवस्थित यो मन्दिर गुरूङ समुदायको निम्ति पनि महत्वपूर्ण रहेको छ भने यहाँको पुजारी पनि गुरूङ समुदायबाट नै छन्।
श्रीनाथ मण्डली सिरानचोकको शिरमा रहे पनि हिजोआज मन्दिरसम्मै मोटरबाटोबाट पुग्न सकिन्छ।
यहाँ पैदलमार्ग पनि व्यवस्थित बनाइएको छ। मेलाको अवसरमा यहाँका मानिसहरूले नयाँ अन्न देवतालाई चढाएर न्वागी खाने प्रचलन रहेको छ।
तस्बिरहरू:
-1732160112.jpg)
-1732160106.jpg)
-1732160106.jpg)
-1732160106.jpg)
-1732160106.jpg)
-1732160107.jpg)
-1732160107.jpg)
-1732160108.jpg)
-1732160108.jpg)
-1732160108.jpg)
-1732160108.jpg)
-1732160109.jpg)
-1732160109.jpg)
-1732160110.jpg)
-1732160110.jpg)
-1732160110.jpg)
-1732160110.jpg)
-1732160111.jpg)
-1732160111.jpg)
-1732160111.jpg)
-1732160111.jpg)
-1732160112.jpg)