साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र भारतबीचको दोस्रो सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा पाएको अवसर सदुपयोग गर्न सकेनन्।
२०औं मिनेटमा भारतकी ज्योती चौहान सिक्स यार्ड बक्समा प्राप्त अवसरमा चुकिन्। अनमार्क रहेकी उनले हानेको प्रहार आकासिएको थियो।
३१ औं मिनेटमा नेपालले पनि पाएको अवसरलाई खेर फाल्यो। नेपालकी सावित्रा भण्डारी साम्बाले उत्कृष्ट रनिङमा हानेको प्रहारमा भारतकी गोलकिपर देवी वाङखेम बाधक बनिन्। क्लियर हुन नसकेको बलमा अमिषा कार्कीको प्रहारलाई पनि उनले विफल पारेकी थिइन्।
खेलमा नेपालकी साम्बा विपक्षी बक्समा छाए पनि फिनिसिङमा भने सफल भइरहेकी छैनन्।
दोस्रो हाफमा रेखा पौडेलले रेड कार्ड पाएकी छन्। रेफ्रीले रेड कार्ड देखाएपछि दर्शकहरू आक्रोशित भएका थिए। दर्शक आक्रोशित बनेसँगै खेलाडीहरूले अनुरोध गरी संमयमता अपनाउन अनुरोध समेत गरेका गिए।
यो खेलका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शकको ओइरो लागेको छ। रंगशाला पूरा भरिएको छ। १४ हजार दर्शक क्षमताको रंगशालाका सबै टिकट बिक्री भइसकेको जनाइएको छ।
नेपाल र भारतबीच साफको सेमिफाइनलमा दोस्रो पटक प्रतिस्पर्धा भएको हो। सन् २०२२ मा दशरथ रंगशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेको थियो। यद्यपी नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो।
आजको खेलमा विजयी हुने टोलीले उपाधिका लागि बुधबार बंगलादेशसँग खेल्नेछ। आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ ले हराएर दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको थियो।
तस्बिरहरू:
-1730038509.jpg)
-1730038506.jpg)
-1730038507.jpg)
-1730038506.jpg)
-1730038502.jpg)
-1730038501.jpg)
-1730038501.jpg)
-1730038502.jpg)
-1730038503.jpg)
-1730038502.jpg)
-1730038503.jpg)
-1730038506.jpg)
-1730038504.jpg)
-1730038505.jpg)
-1730038504.jpg)
-1730038505.jpg)
-1730038505.jpg)
-1730038504.jpg)
-1730038507.jpg)
-1730038509.jpg)
-1730038507.jpg)
-1730038508.jpg)
-1730038508.jpg)
-1730038508.jpg)
-1730038509.jpg)
-1730037288.jpg)
-1730037288.jpg)
-1730037288.jpg)
-1730036255.jpeg)
-1730036255.jpeg)
-1730036254.jpeg)
-1730036254.jpeg)
-1730036253.jpeg)
-1730036253.jpeg)
-1730036252.jpeg)
-1730036252.jpeg)
-1730036252.jpeg)
-1730036252.jpeg)
-1730036251.jpeg)
-1730036251.jpeg)
-1730036250.jpeg)
-1730036250.jpeg)
-1730037288.jpg)
-1730037287.jpg)
-1730037287.jpg)
-1730037288.jpg)
-1730037283.jpg)
-1730037286.jpg)
-1730037286.jpg)
-1730037285.jpg)
-1730037287.jpg)
-1730037285.jpg)
-1730037287.jpg)
-1730037286.jpg)
-1730037285.jpg)
-1730037284.jpg)
-1730037284.jpg)
-1730037284.jpg)