पछिल्लो समय नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर साबित्रा भण्डारी 'साम्बा' लोकप्रिय छिन्।
हालै नेपालको दशरथ रंगशालामा सकिएको साफ महिला फुटबल च्याम्पियनसिपमा उनको प्रदर्शनले झनै चर्चा पायो।
नेपाल-भारतबीचको खेलमा उनले भारतविरूद्ध एक गोल गरेकी थिइन्। सो गोल निकै दर्शनीय थियो।
बंगलादेशसँगको फाइनल खेलमा भने नेपाल २-१ ले पराजित हुन पुग्यो।
तर नेपाली महिला फुटबल टोलीकी मुख्य खेलाडी साम्बा भने नेपाली फुटबल प्रेमीको मन मष्तिस्कमा छिन्।
त्यसै क्रममा उनी काठमाडौंका भित्तामा पनि सजिन थालेकी छिन्। काठमाडौंका विभिन्न ठाउँका भित्तमा चित्रहरू कोर्ने क्रममा कोटेश्वरको सरस्वती बाटिकाको भित्तामा साम्बाको चित्र कोरिएको छ।
सडकपेटीमा ओहोरदोहोर गर्ने बटुवाले पनि चित्र अगाडि पुगेपछि साम्बासँग एक क्लिक लिने गरेका छन्। त्यहाँ साम्बासँगै अन्य चित्र पनि कोरिएका छन्।
व्यवसायिक फुटबल फ्रान्सबाट खेल्ने साम्बा साफ महिला च्याम्पियनसिप सकिएको भोलिपल्ट गत कात्तिक १५ मा त्यसतर्फ गएकी थिइन्।
तस्बिरहरू:
-1730796466.jpeg)
-1730796466.jpeg)
-1730796465.jpeg)
-1730796465.jpeg)
-1730796464.jpeg)
-1730796464.jpeg)
-1730796464.jpeg)
-1730796464.jpeg)
-1730796463.jpeg)
-1730796463.jpeg)
-1730796463.jpeg)
-1730796463.jpeg)