निश्चल बस्नेत निर्देशित फिल्म 'दिमाग खराब' को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ।
बुधबार संविधान दिवसको अवसर पारेर फिल्ममा समावेश लिरिकल गीत 'बिरामी मुलुक' बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा जयन जे वाइबाको शब्द, संगीत तथा स्वर रहेको छ। गीतको भिडिओमा चल अचल दृश्यमा प्राय सबै कलाकारलाई प्रस्तुत गरिएको छ।
सिनेमा आर्टस र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको फिल्ममा आकाश बरालको लेखन छ। फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंहलगायत कलाकारको अभिनय छ।
रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रूपमा रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के वाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ। यो फिल्म तिहारको अवसर पारेर कार्तिक २४ गतेदेखि प्रदर्शन हुनेछ।
'दिमाग खराब' बाट निश्चल ६ वर्षपछि निर्देशन फर्किएका हुन्। फिल्ममा 'लुट २' पछि निश्चल बस्नेत निर्देशनबाट टाढा रहेका थिए।