तिहारको छेको पारेर गितकार रामबाबु सुवेदीको बालगीत 'आयो दिदी तिहार' सार्वजनिक भएको छ। उक्त गीतमा तिहारको साँस्कृतिक महत्व झल्काउने दृश्यहरू राखिएको छ।
निमेष शर्मा, प्रशान्त तामाङ, सन्जीव श्रेष्ठको स्वर रहेको गीतमा दिपक शर्माले संगीत भरेका हुन्।
भिडिओ संयोजन पारिजात पब्लिक स्कुलको तर्फबाट अध्यक्ष विश्वराज खनाल र प्रिन्सिपल राजेन्द्र पिसीले गरेका हुन्। भिडिओमा उक्त स्कुलकै बालबालिकाहरूले अभिनय रहेको छ।
रामबाबु सुवेदीले निर्माण गरेको म्युजिक भिडिओको प्रायोजन प्रज्ञा शर्माले गरेकी हुन्। भिडिओको निर्देशन आचार्य गोपालले गरेका हुन् भने भिडिओको छायांकन हिमाल शर्माले गरेका हुन्। भिडिओको सम्पादन दिवस धितालले गरेका हुन्।