मंगलबारबाट सवारी साधनहरूको बिक्री मेला लागेको छ। वार्षिक रूपमा हुने 'नाडा अटो शो' को यो १६ औं संस्करण हो।
नाडा अटो शो लागेसँगै बैंकहरूले पनि सवारी कर्जामा विशेष अफर ल्याएका हुन्छन्।
यही अवसरमा बैंकहरूले सवारी कर्जामा क्रेडिट कार्ड सुविधा लगायत दिइरहेका छन्। केही बैंकले भदौका लागि तोकेभन्दा कम ब्याजदरमा कर्जा सुविधा दिएका छन्।
बैंकहरूले भदौका लागि सार्वजनिक गरेको सूचना अनुसार भने सवारी साधन किन्न चाहनेले ८.९९ प्रतिशतदेखि करिब १४ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाउँछन्।
त्यस्तै, परिवर्तित (गतिशील) ब्याजदरको आधारमा ९ प्रतिशतदेखि १३ प्रतिशत हाराहारीमा कर्जा पाउने छन्।
अहिले बैंकहरूले कर्जाको अवधिसम्म ब्याजदर परिवर्तन नहुने (फिक्स्ड) र परिवर्तन हुने (फ्लोट) दुई किसिमका कर्जा अभ्यासमा ल्याएका छन्।
हाल ब्याजदर घटिरहेकाले धेरै ऋणीले ब्याजदर परिर्वतन हुने कर्जा रोज्ने र यसलाई प्राथमिकतामा राखेको देखिन्छ।
बैंकरहरू भने ब्याजदर परिवर्तन नहुने कर्जा लिन सुझाउँछन्। ब्याजदर परिवर्तन नहुने कर्जाको अवधि लामो हुन्छ। भोलिका दिनमा बैंकसँग लगानीयोग्य रकम कम भएर ब्याजदर बढाइहाले पनि यस्तो कर्जाको ब्याजदर फेरिँदैन। ऋणीलाई यस्तो ब्याजदर परिवर्तनबाट हुने जोखिमबाट लाभ पुग्छ। थप भार पर्दैन।
बैंकहरूले विद्युतीय सवारी कर्जामा भने जैविक इन्धनबाट चल्ने सवारीलाई लाग्नेभन्दा एक प्रतिशत कम ब्याजदरमा कर्जा दिइरहेका छन्।
यस्तो कर्जाको अवधि बैंकहरू अनुसार पाँचदेखि १० वर्षमाथिसम्म छ।
बैंकहरूले पेट्रोल तथा डिजेलबाट चल्ने सवारीको बजार मूल्यको ५० प्रतिशतसम्म कर्जा दिन्छन्। विद्युतीय गाडीलाई भने मूल्यको ८० प्रतिशतसम्म कर्जा दिन्छन्।
मानौं, कुनै ऋणीले २७ लाख रूपैयाँ पर्ने विद्युतीय सवारी किन्न चाहेको छ। बैंकले अब यस्तो ऋणीलाई २१ लाख ६० हजार रूपैयाँसम्म कर्जा दिन सक्छ। बाँकी रकम डाउनपेमेन्टको रूपमा आफैंले हाल्नुपर्छ।
बैंकहरूले यतो कर्जा बढीमा सात वर्षका लागि दिन्छन्। अहिले चलनचल्तीमा पाइएको ११ प्रतिशत ब्याजदरका आधारमा सात वर्षका लागि सवारी कर्जा लिँदा मासिक ३७ हजार रूपैयाँ किस्ता हुन आउँछ।
कर्जा दिँदा बैंकहरूले ऋणीको मासिक आम्दानी हेर्छन्।
राष्ट्र बैंकको पछिल्लो निर्देशन अनुसार सवारी साधन कर्जा जारी गर्दा व्यक्तिगत कर्जा लिनेको ऋण भुक्तानी आम्दानी अनुपातको आधारमा दिनुपर्छ। यस्तो अनुपात ५० प्रतिशत छ। अर्थात्, आम्दानीको ५० प्रतिशत मात्रै ऋण तिर्न प्रयोग हुने गरेर किस्ता कायम गर्नुपर्छ।
त्यसैले २७ लाखको गाडी किन्ने व्यक्तिको मासिक आम्दानी कम्तीमा ७४ हजार रूपैयाँ हुनुपर्छ। बैंकहरूले आफ्नो वेबसाइटमा आम्दानीको आधारमा कति सवारी कर्जा पाउन सकिन्छ भनेर हिसाब गर्न अनलाइन क्याल्कुलेटर समेत राखिदिएका हुन्छन्।
सवारी कर्जा लिन चाहने ऋणी मासिक तलब प्राप्त गर्ने कर्मचारी हो भने राजगारदाताले दिएको पारिश्रमिक खुल्ने कागजातको फोटोकपी आवश्यक पर्छ। यस्तो कागजात तीन महिनाभन्दा पुरानो अवधिको हुनु हुँदैन। कर तिरेको प्रमाण, कम्तीमा दुई महिनादेखि तलब जम्मा भएको बैंकको विवरण र ६ महिनायताको बैंकिङ कारोबारको विवरण बुझाउनुपर्छ।
स्वरोजगार भए कम्तीमा तीन वर्षदेखि काम गरिरहेको पुष्टि हुने कागजात, आम्दानीको विस्तृत विवरण जस्ता कागजात थप चाहिन्छ।
अन्य स्रोतको आम्दानीबाट किन्न लागेको भए जस्तैस पेन्सनको भए त्यसको प्रमाण, ब्याज आम्दानी हुने गरेको भए त्यसको विवरण, घर भाडाबाट कमाइ हुने भए त्यसको विवरण लगायत कागजात थप पेस गर्नुपर्छ। बैंकले यस्तो कर्जा जारी गर्दा अन्य बैंकबाट कर्जा लिएको छ कि छैन भनेर पनि हेर्छ।
ऋणीले ऋण लिँदा पहिले तोकेको अवधिभन्दा कम समयमै सबै रकम भुक्तान गर्न चाहेमा, त्यो पनि पाउँछ।
समय अगावै भुक्तानी गर्दा यदि ५० लाख रकमसम्म तिर्न बाँकी रहेमा बैंकहरूले अग्रिम भुक्तानी शुल्क समेत लिन पाउँदैनन्।
तर, त्योभन्दा बढी रकम अग्रिम भुक्तानी गर्दा भने सेवा शुल्कको २० प्रतिशतदेखि शत प्रतिशतसम्म लिन सकिने व्यवस्था छ।
कुनै पनि कर्जामा कुल सेवा शुल्क पनि ०.७५ प्रतिशतसम्म मात्र लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
बैंक |
स्थिर ब्याज |
गतिशील ब्याज |
आधार दर |
अधिकतम |
अविधि |
एभरेष्ट बैंक |
९.५०-१२.५० प्रतिशत |
आधार दरमा १.५०-३.५० प्रतिशत थप |
७ प्रतिशत* |
१०.५० प्रतिशत |
७ वर्ष |
हिमालयन बैंक |
११.७५ प्रतिशत |
आधार दरमा ०.५०-२.५० प्रतिशत थप |
८.५३ प्रतिशत |
११.५० प्रतिशत |
|
प्राइम बैंक |
११-१३ प्रतिशत |
आधार दरमा ५ प्रतिशत थप |
८.५३ प्रतिशत * |
१३.५३ प्रतिशत |
|
माछापुच्छ्रे बैंक |
१०-११ प्रतिशत |
आधार दरमा ०.५ - ४ प्रतिशत |
८ प्रतिशत |
१२ प्रतिशत |
५- १० वर्ष |
लक्ष्मी सनराइज बैंक |
८.९९-११.९९ प्रतिशत |
आधार दरमा १-३ प्रतिशत थप |
८.७० प्रतिशत |
११.७० प्रतिशत |
|
एनएमबी बैंक |
१०.५० प्रतिशत |
आधार दरमा ०.५ - ४.५ प्रतिशत |
७.९८ प्रतिशत |
१२.४८ प्रतिशत |
५ वर्ष, |
ग्लोबल आइएमई बैंक |
१०.४९-१३.९९ प्रतिशत |
आधार दरमा ३.५ प्रतिशत |
७.७७ प्रतिशत |
११.२७ प्रतिशत |
५ र ५ देखिमाथि वर्ष, |
प्रभु बैंक |
९.५०-११.९९ प्रतिशत |
आधार दरमा २ - ४.५ प्रतिशत |
७.९५ प्रतिशत |
१२.४५ प्रतिशत |
५- ८ वर्ष |
कृषि विकास बैंक |
आधार दरमा ४ प्रतिशत |
आधार दरमा २.५ प्रतिशत |
७.९६ प्रतिशत |
१०.४६- ११.९६ प्रतिशत |
|
राष्ट्रिय वाणिज्य बैंक |
१०.५० प्रतिशत |
आधार दरमा २.५ प्रतिशत |
६.६६ प्रतिशत |
९.१६ प्रतिशत |
७ वर्ष |
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक |
१२ प्रतिशत |
आधार दरमा २-४.५ प्रतिशत |
७.६४ प्रतिशत |
१२.१ प्रतिशत |
७ वर्ष |
सिटिजन्स बैंक |
१०.५०-११ प्रतिशत |
आधार दरमा ३ प्रतिशत |
१०.७२ प्रतिशत * |
१३.७२ प्रतिशत |
५- १० वर्ष |
एनआइसी एशिया बैंक |
११.९९ प्रतिशत |
|
९.२२ प्रतिशत * |
१३.७२ प्रतिशत |
१० वर्ष |
नबिल बैंक |
९.९९-१०.४९ प्रतिशत |
आधार दरमा १-४ प्रतिशत |
७.६३ प्रतिशत * |
१२.६३ प्रतिशत |
|
सिद्धार्थ बैंक |
१०.७५-११.७५ प्रतिशत |
आधार दरमा ३ प्रतिशत |
७.९३ प्रतिशत |
१०.९३ प्रतिशत |
|
सानिमा बैंक |
११-१२.५० प्रतिशत |
आधार दरमा १.५०-३.५० प्रतिशत थप |
७.८३ प्रतिशत |
११.३३ प्रतिशत |
|
*आधार दर साउन महिनाको लागि