सोमबार जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदैछ।
जनैपुर्णिमा र रक्षाबन्धनको अघिल्लो दिन बजारमा मानिसहरूको चहलपहल बढेको छ।
रक्षाबन्धनका दिन दिदी बहिनीले आफ्ना दाजुभाइलाई राखी बाँधिदिने प्रचलन पनि छ।
क्वाँटी जनैपूर्णिमा विशेष परिकार हो। बर्खाभरि खेतिपातीमा खटिँदा थाकेको शरीरलाई स्फूर्त बनाउनका लागि जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ।
काठमाडौंका असन, इन्द्रचोकमा बजारमा राखी र जनैका लागि डोरो किन्नेहरूको चहलपहल छ।
व्यवसायीहरू सडकका छेउछाउमा राखी र डोरा बेच्न बसेका छन्।
अहिले बजारमा प्रति गोटा राखीको ३०, ५०, १०० र सो भन्दा बढी मूल्यको पनि बिक्री भइरहेको छ। डोरो प्रतिशय ५०० रुपैयाँमा बिक्री भइरहेको उनीहरूले बताएका छन्।
यद्यपि, अघिल्ला वर्षहरूमा जस्तो डोरा र राखी खोज्न आउने ग्राहकहरूको संख्या घटेको व्यवसायीहरू बताउँछन्।
तस्बिरहरूः
-ink-1723976041.jpeg)
-ink-1723976041.jpeg)
-ink-1723976042.jpeg)
-ink-1723976042.jpeg)
-ink-1723976042.jpeg)
-ink-1723976041.jpeg)
-ink-1723976041.jpeg)
-ink-1723976043.jpeg)
-ink-1723976043.jpeg)
-ink-1723976043.jpeg)
-ink-1723976042.jpeg)
-ink-1723976043.jpeg)
सबै तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी।