नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार गरेको विरोधमा तरूण दलले काठमाडौंमा मसाल जुलुस निकालेको छ।
सोमबार राति काठमाडौं चाबहिलको पशुपति कलेजबाट तरूण दलका केन्द्रीय सदस्य प्रेम शाही नेतृत्वमा मसाल जुलुस निकालिएको हो। प्रदर्शनमा अन्दाजी ३० जना भेला भएका थिए।
उनीहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत माग गरेका हुन्।
‘गृहमन्त्री तिम्रो पाराले दु:ख पायो साराले’, ‘शान्ति सुरक्षा कायम गर’ लगायत नाराबाजी समेत गरेका थिए।
प्रहरीले प्रदर्शनकारीलाई रोक्न खोज्दा एक जना घाइते भएका छन्। घाइतेको उपचारका लागि नेपाल-भारत मैत्री अस्पतालमा लगिएको छ। प्रदर्शनकारीले एउटा गाडीमा तोडफोड समेत गरेको छ।
गत बुधबार दिउँसो सहमहामन्त्री यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा खुकुरी प्रहार भएको थियो। रिपोर्टर्स क्लबमा कार्यक्रम सकेर फर्किनेक्रममा नुवाकोट घर भई काठमाडौंको बालाजुमा बस्दै आएका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका थिए। उनलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो। उनीविरूद्ध प्रहरीले ज्यान मार्ने कसुर अन्तर्गत अनुसन्धान गरिरहेको छ।
तस्बिरहरू:
-ink-1694437901.jpeg)
-ink-1694437902.jpeg)
-ink-1694437901.jpeg)
-ink-1694437901.jpeg)
-ink-1694437900.jpeg)
-ink-1694437899.jpeg)
-ink-1694437900.jpeg)
-ink-1694437900.jpeg)
-ink-1694437899.jpeg)
-ink-1694437898.jpeg)
-ink-1694437898.jpeg)
-ink-1694437897.jpeg)
-ink-1694437897.jpeg)
-ink-1694437897.jpeg)
-ink-1694437896.jpeg)
-ink-1694437896.jpeg)