नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि च्यासलमा राखिएको छ।
एमाले पार्टी कार्यालय च्यासल पुगेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेम्वाङलाई श्रद्धाञ्जली दिएकी छन्। उनले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएकी थिइन्।
यस्तै सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, बाबुराम भट्टराई र झलनाथ खनाल, अर्थमन्त्री प्रकाशशरण महत, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पनि श्रद्धाञ्जली दिएका छन्।
नेम्वाङको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली दिएका छन्।
नेम्वाङको गए राति निधन भएको थियो। उनको हृदयघातबाट निधन भएको हो।
नेम्वाङको पार्थिव शरीर मंगलबार र बुधबार श्रद्धाञ्जलीका लागि च्यासलमै राखिनेछ। विदेशमा रहेका छोराहरू आएपछि सम्भवत: बिहीबार बिहान नेम्वाङको अन्त्येष्टि गर्ने तयारी छ।
तस्बिरहरू:

















-ink.jpeg)
-1694504923.jpeg)
-1694504923.jpeg)
-1694504922.jpeg)
-1694504922.jpeg)

-1694506051.jpeg)
-1694506054.jpeg)
-1694506053.jpeg)
-1694506053.jpeg)
-1694506052.jpeg)
-1694506052.jpeg)
-1694506051.jpeg)
