एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीबीच प्रतिस्पर्धा भइरहेको छ।
दशरथ रंगशालामा ३९ मिनेटमा लाकेन लिम्बूले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए।
एक मिनेटपछि भुटानी क्लबले बराबरी गोल फर्कायो। उसका किकमा वाङचुकले बराबरी गोल गरे।
पारोबाट जापानका स्टार खेलाडी होन्डाले खेलेका छन्। उनी कप्तानको भूमिकामा छन्। यसअघि उनले नेपालको मैदानलाई खराब भनेका थिए।
उनले भनेझैं दशरथ रंगशालाको स्थिति मंगलबार खराब छ। वर्षका कारण मैदान हिलाम्मे हुँदा बल पास हुन ढिलाइ भएको थियो। यस्तै हिलोका कारण खेलाडीले कुद्न समस्या भएको थियो।
विजेता लिगको समूह चरणमा पुग्नेछ। एएफसीको तेस्रो श्रेणीको लिगको समूह चरणमा २० टिमबीच प्रतिस्पर्धा हुनेछ। पाँच समूहमा चार चार टिम हुनेछन्। एक समूहको खेल एकै भेन्यूमा हुनेछ।
-1723554910.jpg)
-1723554909.jpg)
-1723554908.jpg)
-1723554908.jpg)
-1723554909.jpg)
-1723554909.jpg)
-1723554908.jpg)
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी