साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधि भिडन्तमा नेपाल र बंगलादेशले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफमा दुवै गोल पाएको अवसरमा गोल गर्न असफल भए।
खेलको दोस्रो मिनेटमै बंगलादेशले गोल गर्ने सुन्दर अवसर सदुपयोग गर्न सकेन। नेपालकी डिफेन्डर गीता रानाले डिबक्स नजिक मिस पास दिएपछि पाएको बलमा बंगलादेशकी कप्तान सविना खातुनले सशक्त प्रहार गरेकी थिइन्। तर उनको प्रहार बारमा लागेर फर्किएको थियो। त्यसपछि सविना गरेको हेडरलाई नेपाली गोलकिपर एन्जिला तुम्बापो सुब्बाले नियन्त्रणमा लिइन्।
खेलको दशौं मिनेटमा नेपालले अग्रता लिने अवसर गुमायो। बंगलादेशकी गोलकिपर रुप्ना चक्मा अघि बढेको अवस्थामा नेपालकी अमिषा कार्कीले डिबक्समा गोल गर्ने अवसर पाइन्। तर उनको प्रहार बारमा लागेर फर्किएको थियो।
त्यसपछि दुवै टोलीले गोलका लागि अवसर सिर्जना गर्ने प्रयास गरे। तर दुवै टोलीले डिबक्समा लगेर प्रहार गर्न असफल भए।
नेपाल र बंगलादेश साफ महिला च्याम्पिनसिपमा लगातार दोस्रो पटक उपाधिका लागि भिडेका हुन्। सन् २०२२ मा दशरथ रंगशालामै भएको फाइनलमा नेपालमाथि बंगलादेशले ३-१ गोलको जित निकालेको थियो।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
-1730297535.jpg)
-1730297539.jpg)
-1730297537.jpg)
-1730297537.jpg)
-1730297538.jpg)
-1730297537.jpg)
-1730297536.jpg)
-1730297539.jpg)
-1730297535.jpg)
-1730297539.jpg)
-1730297536.jpg)
-1730297538.jpg)
-1730297535.jpg)
-1730297535.jpg)
-1730296436.jpg)
-1730296435.jpg)
-1730296434.jpg)
-1730296434.jpg)
-1730296435.jpg)
-1730296433.jpg)
-1730296434.jpg)
-1730296434.jpg)
-1730296433.jpg)
-1730296432.jpg)
-1730296432.jpg)