सिस्नेरीको पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका बालकहरूको परिवार तथा आफन्तजनले आज एन्फा कम्प्लेक्समा धर्ना दिएका छन्।
६ जना बालकहरूको ज्यान गएको उक्त घटनाबारे सरकारले छानबिन समिति बनाउनुपर्ने उनीहरूको मुख्य माग छ।
धर्नाका क्रममा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर धकेलाधकेल भएको थियो। केही अभिभावकलाई प्रहरीले लछारपछारसमेत गरेका थिए। पीडितहरू भित्र पस्न खोज्दा प्रहरीले गेटमा रोकेका छन्।
एन्फाले पीडित परिवारलाई ८ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ। तर, पीडितहरूले आर्थिक सहायताभन्दा पनि घटनाको यथार्थ बाहिर ल्याएर दोषीलाई कारबाही हुनुपर्ने बताइरहेका छन्।
तस्बिरहरू:
-ink-1732176346.jpeg)
-ink-1732176346.jpeg)
-ink-1732176345.jpeg)
-ink-1732176345.jpeg)
-ink-1732176345.jpeg)
-ink-1732176344.jpeg)
-ink-1732176344.jpeg)
-ink-1732176343.jpeg)
-ink-1732176342.jpeg)
-ink-1732176343.jpeg)
-ink-1732176343.jpeg)
-ink-1732176343.jpeg)
-ink-1732176342.jpeg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी