इंग्लिस प्रिमियर लिगमा आर्सनल दोस्रो स्थानमा उक्लिएको छ। बुधबार ब्रेन्टफोर्डलाई ३-१ ले हराउँदै आर्सनल दोस्रो स्थानमा पुगेको हो।
खेलको १३ मिनेटमा एमबुएमोले गोल गरेर ब्रेन्टफोर्डलाई अग्रता दिलाए पनि २९ मिनेटमा गाब्रियल जेससले बराबरी गोल फर्काए।
५० मिनेटमा मेरिनो र ५३ मिनेटमा मार्टिनेलीले गोल गरेपछि आर्सनल विजयी भयो।
जिसँगै आर्सनल १९ खेलबाट ३९ अंक जोड्दै दोस्रो स्थानमा पुग्यो। एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको ४५ अंक छ। ब्रेन्टफोर्ड २४ अंक जोडेर १२औं स्थानमा छ।